काठमाडौँ। विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा लगाइएको कर खारेजीको माग गरेका छन्।
संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन गर्न माग गरेको हो। उनीहरूले बिहीबार माइतीघरमा प्रदर्शन गर्दै जनतालाई राहत प्याकेज घोषणाको माग गरे।
प्रदर्शनकारीहरूले विभिन्न नारा अंकित प्लेकार्ड र ब्यानर बोकेर सरकारको विरोध गरेका थिए।
हेरौँ थप तस्बिर :
