काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

४ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने बताएका छन्।

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन)को अवसरमा सामाजिक सञ्जालबाट शुभकामना दिँदै शाहले माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र हुने बताएका छन्।

‘मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन् व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु,’ उनले लेखेका छन्।

जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत पनि आमा नै भएको उनको भनाई छ।

‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्,’ प्रधानमन्त्री शाहले भनेका छन्।

उनले आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको पनि बताएका छन्।