काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

५ बैशाख २०८३
अ+
अ-

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न आज पनि छलफललाई निरन्तरता दिएको छ। हिजो बसेको बैठकले ठोस निष्कर्ष निकाल्न नसकेपछि सहमतिका लागि पुनः बैठक बस्न लागेको हो।

सिंहदरबारस्थित दलको कार्यालयमा भएको छलफलमा नेताको चयनबारे गम्भीर विमर्श भएको निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन्।

दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन्। यस्तै, मोहन आचार्य र निश्कल राईको नाम पनि चर्चामा रहेको छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद रहेका छन्।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। सहमतिका लागि आज फेरि बैठक बस्दैछ ।