मोरङ। सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा चार पत्रकारलाई पुरस्कृत गरिएको छ ।
पत्रकारिताको माध्यमबाट समाजमा योगदान गरेको भन्दै पत्रकार केशव निरौलालाई नगद १० हजार रुपैयाँसहित ‘दाताराम-पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मान गरिएको हो ।
यस्तै दुर्गाप्रसाद खतिवडालाई ‘दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार’, सन्तोष गौतमलाई ‘लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ र सन्तोष राईलाई ‘सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार’ बाट जनही १० हजार एक रुपैयाँसहित शनिबार सम्मान गरिएको हो ।
उनीहरूलाई कोसी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङले सम्मान तथा पुरस्कृत गरिन्।