फोटो फिचर
काठमाडौँ। काठमाडौँको मरूमा महागौरी/पार्वती देवीको मूर्ति पुन:स्थापना गरिने भएको छ।
मूर्ति राष्ट्रिय संग्रहालयमा थियो। विश्व सम्पदा दिवसका अवसरमा मूर्तिलाई मरूमा पुन:स्थापना गरिने भएको हो।
महागौरीको मूर्ति २०५२ सालमा बेलायतबाट नेपाल फिर्ता ल्याइएको थियो। लामो समयदेखि राष्ट्रिय संग्रहालयमा रहेको मूर्ति महानगरले फिर्ता ल्याएको हो।
राष्ट्रिय संग्रहालय छाउनीकी प्रमुख अरुणा नकर्मीलगायतको रोहबरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलले बुझेकी हुन्।
मूर्तिलाई बाजागाजासहित प्रतिस्थापन गरिने महानगरले जानकारी दिएको छ। हेर्नुहोस् थप तस्बिर :
