जात्रा विधिवत् सुरु
काठमाडौँ। वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ।
हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराउने परम्पराअनुसार यस वर्ष पनि रथारोहण गरिएको हो।
मत्स्येन्द्रनाथको मूर्तिलाई त:बहालबाट खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा पुर्याई विधिवत् रूपमा विराजमान गराएसँगै जात्रा सुरु भएको मानिन्छ।

परम्परा अनुसार मत्स्येन्द्रनाथलाई ६ महिना त:बहाल मन्दिर र ६ महिना बुंगमतीमा राख्ने चलन छ। यसअघि बुंमतीबाट ल्याई पाटनको त:बहालमा राखिएको थियो।
मत्स्येन्द्रनाथको रथ ३२ हात लामो र करिब ४८ फिट अग्लो छ। पञ्चांग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समाजसँगको समन्वयमा रथ तान्ने साइत निर्धारण गरिन्छ।
हेर्नुहोस् थप तस्बिर :

