नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका १६‚ फारमस्थित पूर्व-पश्चिम राजमार्गमा आज (शनिबार) दिउँसो जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँचजना घाइते भएका छन्।
झरही खोलाबाट रजहरतर्फ जाँदै गरेको ‘अनटेस्ट’ जेसीबीसँग सोही दिशाबाट नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको बा.१८च ३३२३ नम्बरको कार ठोक्किएको थियो।
दुर्घटनामा कार चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ का ३४ वर्षीय सागर ज्ञवाली, उनकी ३१ वर्षीया पत्नी अन्सु पौडेल, तीन वर्षीय छोरा आयान, नौ महिनाका वेदाक्ष र आमा ५६ वर्षीया कमला ज्ञवाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
खड्काका अनुसार कारले मोटरसाइकललाई जोगाउन खोज्दा जेसीबीमा ठक्किँएको हो। घाइतेहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको छ।