काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ जिल्लाको निर्वाचन समीक्षा गर्न विस्तारित बैठक बोलाएको छ । धुम्बाराहीस्थित सूर्य क्याटरिङमा दिउँसो १२ बजेका लागि बोलाइएको बैठकमा पार्टीका सभापति गगन थापा प्रमुख अतिथि रहने बताइएको छ ।
काठमाडौँमा रहेका महानगर, नगर र सम्पूर्ण सभापति बैठकमा बोलाइएको एक पदाधिकारीले बताए । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम पार्टीका निम्ति प्रतिकुल हुनुका कारणबारे बैठकमा छलफल हुने उनले बताए ।