काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
कांग्रेस केन्द्रीय समितिको बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले संविधान संशोधनबारे अध्ययन तथा सुझाव पेस गर्न उपसभापति पुष्पा भुसाल संयोजक गठित विज्ञ समितिलाई पूर्णता दिएको छ।

कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, समितिमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितकुमार बस्नेत सदस्य छन्।

यसैगरि अधिवक्ताहरू रनबहादुर थेबे, शर्मिला श्रेष्ठ र झलमाया विक समितिका सदस्य छन्। सदस्यसचिवमा अधिवक्ता राजु कटुवाललाई जिम्मेवारी दिइएको छ।

समितिले विभिन्न समुदाय, समूह, क्षेत्रबाट पहिचानलगायत विषय, आन्दोलन, त्यसक्रममा सरकारले गरेका सम्झौता, संविधान संशोधनबारे राखिएका माग र धारणाबारे अध्ययन र विष्लेषणको कार्य गर्नेछ।