सल्यान । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडकखण्डमा जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहका लागि जन्ती लिएर जाँदै गरेको लु प्र ०१००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार दुर्घटनामा कुपिन्डे नगरपालिका–८ का ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती, १९ वर्षीय कर्णबहादुर पुन र ३० वर्षीय मनबहादुर थापाको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारका लागि सुर्खेतको मेहलकुनास्थित अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।