काठमाडौँ। काठमाडौँ महानगरपालिका-१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारमा प्रहरीले चार थान पेस्तोल र ५८ राउन्ड गोली फेला पारेको छ।
प्रहरीले टाइप-५४ को पेस्तोल र पेस्तोलको म्यागजिन ७ थान फेला पारेको जनाएको छ।
आइतबार बिहान महानगरपालिका र प्रहरीको सरसफाइ टोलीले खोला किनार सफाइ गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी पवन भट्टराइले जानकारी दिए।
प्रहरीले फेला पारिएको पेस्तोल र गोलीको विषयमा थप अनुसन्धान भइरहेको बताए।