काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
अ+
अ-

हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्समाथि १० रनको रोमान्चक जित दर्ता गरेको छ ।

शनिबार राति हैदराबादस्थित घरेलु मैदानमा भएको खेलमा १९५ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन मात्र बनाउन सक्यो ।

चेन्नाईका लागि मध्यक्रमका ब्याटरले मिहिनेत गरे पनि हैदराबादको कसिलो बलिङसामु लक्ष्य भेटाउन सकेनन् ।

हैदराबादका लागि बलिङतर्फ ईसान मालिङ्गाले घातक बलिङ गर्दै ४ ओभरमा २९ रन खर्चिएर ३ महत्त्वपूर्ण विकेट लिए । उनी खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।

यो जितसँगै हैदराबाद पाँच खेलमा तीन जित निकाल्दै ६ अंकका साथ चौथो स्थानमा पुगेको छ । समान खेल खेलेको चेन्नई चार अंकसहित छैटौं स्थानमा छ ।