काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

६ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। इरान-अमेरिका युद्ध तनावले विश्वमा ऊर्जा संकट पैदा भएको बेला नेपालमा पनि यसको प्रभाव परिसकेको छ।

नेपालमा इन्धन खपत कम गराउने उद्देश्यले सरकारले विद्यालय र सरकारी कार्यालयमा आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

आयल निगमले पनि इन्धन जोगाउन आमनागरिकलाई आह्वान गरेको छ।

आइतबार सरकारी बिदामा काठमाडौँका सडकमा सवारीसाधनको चाप घटेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले बताएका छन्।

उनले हाल सडकमा करिब ५० प्रतिशतसम्म सवारीसाधन घटेको बताउँदै भने, “शनिबारभन्दा आइतबार अलि बढी चाप देखिन्छ, तर पहिलेको जस्तो अवस्था छैन।”

तर कलंकी, चाबहिल, नयाँ बानेश्वर, माइतीघर, गौशाला र जडीबुटीजस्ता प्रमुख चोकमा सवारीसाधनको चाप देख्न सकिन्छ।

हेर्नुहोस् तस्बिरहरू :