काठमाडौँ। रुवाण्डामा जारी पहिलो संस्करणको आइसिसी महिला ट्वान्टी-२० च्यालेन्ज ट्रफीअन्तर्गत इटालीविरुद्धको खेलमा नेपालले ११२ रनको योगफल बनाएको छ।
रुवाण्डा क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो।
यससँगै इटालीले नेपाललाई पराजित गर्न ११३ रनको लक्ष्य पाएको छ। नेपालका लागि पूजा महतोले ४५ बलमा अविजित ४८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरिन्।
त्यस्तै बिन्दु रावलले २६ बलमा १५ रन जोडिन् भने सम्झना खड्काले १३ बलमा १६ रन बनाइन्। नेपाली टोलिकी कप्तान इन्दु वर्माले १० रन योगदान गरिन्। बलिङतर्फ एमिलिया बाट्र्रामले तिन विकेट लिइन्।
इटाली अहिले जवाफी ब्याटिङमा उत्रेको छ।