काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वरक्षामन्त्री भीम रावलले सरकारसँग मुस्ताङको युरेनियमलाई लिएर उठेका प्रश्नको जवाफ दिन माग गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत एक बयान जारी गर्दै उनले युरेनियम अमेरिकी र अस्ट्रेलियन कम्पनीलाई उत्खनन गर्न दिएको चर्चा भइरहेको भन्दै प्रश्न गरेका हुन्।
उनले यस्तो गम्भीर र संवेदनशील विषयमा सरकार मौनता रहेको भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘सरकारले तत्काल तथ्य स्पष्ट गरोस्। नेपालको युरेनियम विदेशी शक्तिलाई सुम्पने आशयले प्रपञ्च र निर्णय गरिए त्यो देश र जनतामाथिको घात ठहरिने छ।’