काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन्।
पार्टी केन्द्रीय कार्यालय चःमतीमा जारी केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए।
आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।