काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
अ+
अ-

काठमाडौं । इंग्लिस क्लब एभर्टनले इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग २–१ को हार व्यहोरेको छ।

आइतबार एभर्टनलाई प्रिमियर लिग अन्तर्गत घरेलु मैदान हिल डिकिन्सन रंगशालामा सम्पन्न खेलमा लिभरपुलले २–१ ले पराजित गरेको हो।

लिभरपुलका जितमा मोहम्मद सलाह र भर्जिल भानडाइकले समान एक गोल गरे । एभर्टनका बेटोले गोल गरे पनि टोलीको हार टार्न सकेनन्।

खेलको २९औँ मिनेटमा सलाहले लिभरपुललाई अग्रता दिलाए । तर, लिभपुरले यो अग्रता दोस्रो हाफको सुरुआती १५ मिनेटभित्रै गुमायो । ५४औँ मिनेटमा बेटोले एभर्टनको निम्ति बराबरी गोल फर्काएका थिए ।

यसपछि, इन्जुरी टाइममा भानडाइकले दोस्रो गोल गरेपछि पाहुना टोलीले जित पक्का गरेको हो ।

जितसँगै लिभरपुलले प्रतियोगितामा ५५ अंक जोडेको छ । तालिकाको पाँचौ स्थानमा रहेको लिभरपुलले ३३ खेल खेल्दा १६ जिच, सात बराबरी र १० हारसहित यो नतिजा आत्मसात् गरेको हो ।

पराजित एभर्टन भने ४७ अंकका साथ तालिकाको १०औँ स्थानमा सिमित छ ।