काठमाडौं । अधिकतम र न्यूनतम तापक्रमको वृद्धिसँगै केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । आज तराई मधेशका जिल्ला, उपत्यका र खोँचहरुमा तातो हावा चल्ने प्रक्षेपण छ ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा लेखिएको छ, ‘मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरुमा तातो दिन हुने सम्भावना रहेको छ ।’
विभागका मौसमविदका अनुसार आज कैलालीको धनगढी, डोटीको दिपायल र बाँकेको नेपालगञ्जमा तातो हावाको लहर चल्ने प्रक्षेपण छ । साथै दाङको घोराही र रुपन्देहीको भैरहवामा पनि तातो दिन हुने सम्भावना छ ।
