काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकाका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री समीर पाउल कपुरबीच भेटवार्ता भएको छ।
सोमबार भएको उक्त भेटमा नयाँ सरकारमा पार्टीका प्राथमिकता तथा नेपाल–अमेरिका सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको बताइएको छ।
भेटपछि कपुरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका योजना र प्राथमिकताबारे जानकारी लिने अवसर पाएको उल्लेख गरेका छन्। उनले द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाएका छन्।