काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। संसदीय समितिका सभापतिहरूले सभामुख डोलप्रसाद (डीपी)अर्यालसँग भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारमा प्रतिनिधिसभाका १० र संयुक्त दुई गरी १२ समितिका सभापतिलेसभामुखसँग भेटवार्ता गरेका हुन्।

भेटमा सभामुख अर्यालले ‘मिनि संसद्’का रूपमा रहने संसदीय समितिलाई प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई निर्देशन दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएता पनि समितिका काम-कारबाहीमा राजनीतिक दलको आस्था र प्रभाव नदेखाउ समिति सभापतिहरूसँग आग्रह गरे।

उनले संघीय संसद् सचिवालय र आफू सधैँ सहयोगका निम्ति तत्पर रहेको पनि बताएको सचिवालयले जनाएको छ।