काठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको नेता शुक्रबार छान्ने भएको छ।
कांग्रेसले दलको नेताको निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। ११ वैशाख बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता, ४-५ बजेसम्म मतदान हुने कार्यतालिकामा उल्लेख छ। मतदान सकिएपछि गणना गरेर नतिजा सार्वजनिक गर्ने उल्लेख छ।
दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन्। यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्।
दलको नेता चयन गर्न सह-महामन्त्री प्रकाश रसाइली स्नेहीको नेतृत्वमा निर्वाचन समिति गठन भएको थियो। यही समितिले कार्यतालिका प्रकाशन गरेको हो।
