काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

फोटो फिचर

७ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। राष्ट्रिय जेन-जी नागरिक अभियानले बबरमहलमा रहेको नेपाल आयल निगममा प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगममा प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले हटाएको छ।

उनीहरूलाई प्रहरीले बबरमहल चोकभन्दा अघि बढ्न दिएको छैन। अभियानका सदस्यहरूले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्। साथै उनीहरूले केहीबेर ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ लगायत नारा लगाएका थिए।

पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म आन्दोलन जारी रहने अभियानका सदस्यहरूले चेतावनी दिएका छन्।

हेर्नुहोस् थप तस्बिर :