काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

७ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूले दिनुपर्ने लेबी घटाएको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

अब सांसले १५ हजार, मन्त्रीले १८ हजार र स्वकीय सचिवले दुई हजार रुपैयाँ पार्टीलाई बुझाउनु पर्नेछ।

यसअघि सांसदको साढे १६ हजार लेबी तोकिएको थियो। मन्त्रीहरुको लेबी भने यथावत नै राखिएको छ।