काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो फिचर

निर्माण सुरु नहुँदा लामो समयदेखि स्थानीय बासिन्दा बर्खामा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य

७ बैशाख २०८३
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँको चक्रपथको दोस्रो खण्ड (कलंकी-महाराजगन्ज) विस्तारका लागि नेपाल-चीनबीच सम्झौता भएको लामो समय बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन। निर्माण सुरु नहुँदा लामो समयदेखि स्थानीय बासिन्दा बर्खामा हिलो र हिउँदमा धुलोको समस्या झेल्न बाध्य छन्।

यो खण्ड विस्तारका लागि २०७५ सालमै सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो। जसमा ८.२ किलोमिटरको कलंकी-महाराजगन्ज खण्ड समेटिएको छ।

त्यसैगरी तत्कालीन प्रधानमन्त्री केपी ओली उच्चस्तरीय चीन भ्रमणका क्रममा नेपाल-चीनबीच १२ बुँदे संयुक्त वक्तव्य जारी गर्दै काठमाडौँ चक्रपथ सुधार परियोजनाको दोस्रो चरण कार्यान्वयन गर्ने सहमति दोहोर्याइएको थियो।

कलंकीदेखि महाराजगन्ज सर्भिस लेन निर्माण सुरु गरिए पनि मुख्य सडक निर्माणले गति लिन सकेको छैन।

हेर्नुहोस् थप तस्बिर :