काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। वानीरा फाउन्डेसनद्वारा राजधानीमा आयोजित एक समारोहमा चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

वानीरा सभागृहमा सम्पन्न कार्यक्रममा नेपाली भाषा-साहित्यको क्षेत्रमा साढे सात दशकदेखि निरन्तर साधनारत रहँदै योगदान पुर्‍याएका साहित्यकार माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिएको हो।

त्यसैगरी, आफ्नै स्रोत र साधनबाट कम्प्युटरमा नेपाली लिपिको विकास तथा कृत्रिम बौद्धिकतामा आधारित प्रविधि निर्माणमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न योगदान दिएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको छ। यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ।

यसै अवसरमा आख्यान, कविता तथा हास्यव्यङ्ग्य लेखनमार्फत नेपाली भाषा-साहित्यको संवर्द्धनमा योगदान पुर्‍याएका चितवनका धनराज गिरीलाई ५० हजार रुपैयाँ राशिको ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ।

साथै, सामाजिक क्षेत्रमा सक्रिय रही विशेषगरी काठमाडौँ महानगरपालिकाको विकासमा योगदान दिएका सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गरिएको छ।