काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेर ३ लाख एक हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला पाँच हजार एक सय ९० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार एक सय ६० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो।