काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले छैटौं खेलमा दोस्रो जित हासिल गरेको छ। सोमबार राति अहमदाबादमा सम्पन्न खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्मबईले तिलक बर्माको शतकीय इनिङमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो। उसका लागि वर्माले सर्वाधिक १ सय १ रनको अविजित इनिङ खेले। उनले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै हार्दिक पाण्ड्याले १५ रन बनाएका थिए। गुजरातका लागि कागिसो रबडाले ३ विकेट लिँदा मोहम्मद सिराज र प्रसिद्ध कृष्णले समान १-१ विकेट लिएका थिए।

२ सय रनको लक्ष्य पछ्याएको गुजरात भने खराब प्रदर्शनको सिकार भयो। गुजरात १५.५ ओभरमा १०० रन बनाउँदा अलआउट भयो। उसका लागि वासिङ्गटन सुन्दरले २६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कप्तान सुभमन गिलले १४ रन बनाउँदा शाहरुख खानले १७ तथा कागिसरो रबडाको १२ रन थप दोहोरो स्कोरका रुपमा रहेको थियो।

गुजरातलाई सस्तैमा अलआउट गर्ने क्रममा मुम्बईका आश्विनी कुमारले २४ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै, एएम घजानफर र मिचेल स्यान्टनरले समान २-२ विकेट लिँदा जसप्रित बुमराह र हार्दीक पाण्ड्याका नाममा १-१ विकेट रह्यो।

जितपछि मुम्मबई पुछारबाट सातौं स्थानमा उक्लिएको छ। मुम्मबइको ६ खेलबाट ४ अंक हुँदा गुजरात ६ अंकसहित छैटौं स्थानमा छ। प्रतियोगितामा अपराजित रहँदै पञ्जाब ११ अंकका साथ शीर्ष स्थानमा छ।

त्यस्तै, ८-८ अंक बनाएका बेंगलोरु र राजस्थान क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्। प्रतियोगितामा आज हैदराबाद र दिल्ली प्रतिस्पर्धा गर्दैछन्।