पोखरा। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीलाई २०८२ चैत महिनाको उत्कृष्ट प्रहरी ‘बेस्ट पुलिस अफ द मन्थ’घोषणा गरेको छ।
कार्यालयका अनुसार कार्कीले आफ्नो जिम्मेवारी इमानदारी, कर्तव्यनिष्ठा र उच्च व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै आएकामा पुरस्कृत गरिएको हो। पोखरा महानगरपालिका ८‚ सभागृह चोकनजिक ४२ वर्षीया सुजना पौडेल केसीको हत्या प्रकरणमा संलग्न फरार व्यक्तिलाई घटनाको चौबीस घण्टाभित्र पक्राउ गरी कानुनी दायरामा ल्याउन नेतृत्वदायी भूमिका खेलेको भन्दै कार्कीलाई पुरस्कार दिइएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र घर्ती क्षेत्रीले कार्कीलाई प्रमाणपत्र प्रदान गर्दै बधाई दिएका छन्।
कार्की असोज महिनायता कास्की प्रहरी प्रमुख छन्। उनले जिल्लामा शान्ति-सुरक्षा कायम, अपराध र गुन्डागर्दी नियन्त्रण गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।