काठमाडौँ। श्रम संस्कृति पार्टीले सरकारलाई ३३ बुँदे सुझाव दिएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार (८ वैशाख) मा काठमाडौंमा पत्रकार सम्मेलन गरी सरकारलाई ३३ बुँदे सुझाव दिएका हुन्।
उनले एमसीसी, एसपीपी, बफर स्टेटजस्ता सन्धि-सम्झौता, तालमेल र रणनीति, युद्धसँग प्रत्यक्ष अप्रत्यक्ष जोड्ने खालको अवस्था र घोषणा नगर्न लगायतका विषयमा सुझाव दिएका छन्।
पाठ्यभार घटाएर शिक्षालाई प्रयोगात्मक बनाउनुपर्ने, अवैध तरिकाले भइरहेको निर्माण कार्य रोक्नुपर्ने र सीमारक्षामा जोड दिन पनि श्रम संस्कृतिले सरकारलाई आग्रह गरेको छ।
सरकारमा गृहमन्त्री सुधन गुरुङका कारण विवाद बढेको बताउँदै साम्पाङले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने पनि बताए।