काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
तस्बिर : क्यान
अ+
अ-

काठमाडौँ। अक्षदीप नाथको अर्धशतकसँगै यूएईले दोस्रो टी-२० आई खेलमा नेपाललाई १२९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको हो।

यूएईका अक्षदीपले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। ४२ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे। यो उनको पहिलो अर्धशतक हो। उनले नेपालविरुद्धको पहिलो खेलमा मात्रै डेब्यु गरेका हुन्।

मोहम्मद अर्फान ३२ रनमा आउट भए। उनले ३६ बलमा २ चौका र १ छक्का प्रहार गरे। अदिब उस्मानी ३० रनमा आउट हुँदा अन्यले खुलेर ब्याटिङ गर्न सकेनन्।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित ६ रन खर्चिए।

हेमन्त धामीले २ तथा नन्दन यादव र शहाब आलमले समान १ विकेट राखे।