काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचनमा जित्न नसकेका ४० क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ।
निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
