काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

८ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेले गृहमन्त्री सुधन गुरुङको संलग्नता रहेका भनिएका प्रकरणहरूबारे तत्काल उच्चस्तरीय छानविन गर्न माग गरेको छ।

मंगलबार एमाले प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीमाथि उठेका गम्भीर प्रश्नहरूमाथि निष्पक्ष र स्वतन्त्र अनुसन्धानको माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न गरेको छैन, यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यहरू समेत उजागर गर्न सक्ने संकेत गरेको छ।”

एमालेले नेपाल सरकारका मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएसँगै नागरिक तहमा उब्जिएका प्रश्नहरूलाई स्वाभाविक भन्दै ती विषयमा थप बहस र छलफल आवश्यक रहेको बताएको छ। “सार्वजनिक पदमा रहेका व्यक्तिको विषयमा प्रश्न उठ्नेबित्तिकै इमानदारितापूर्वक जवाफ दिने राजनीतिक संस्कारको विकास हुनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।