काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

भक्तपुर। भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा बिचौलिया प्रवेश गरी कर्मचारीलाई काम गर्न अवरोध पुर्याएको भन्दै प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले भक्तपुर १० मा रहेको भूमि सुधार तथा मालपोत कार्यालयबाट उनीहरूलाई आज (बुधबार) पक्राउ गरिएको जानकारी दिए।

लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवाप्रवाहमा असर पुर्‍याउने कार्य गर्दै आएको कार्यालयबाट गुनासो आएपछि प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए।