काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध बुधबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
२१ फागुनमा भएको निर्वाचन अगाडि निर्वाचन नहुने भनेर अभिव्यक्ति दिएको विषयमा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको हो।
सरकारी वकिलको कार्यालय काठमाडौँले दायर गरेको अभियोगपत्रमा सामाजिक सञ्जाल फेसबुकमार्फत गत २१ फागुनमा सम्पन्न निर्वाचनबारे भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको उल्लेख छ।
प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय गर्न माग गरिएको छ।