काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ।हिजो सुनको मूल्य प्रतितोला ३ लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० कायम भएको छ। मंगलबार पाँच हजार १६० रुपैयाँमा कारोबार भएको थियो।