चितवन। मिटरब्याज (अनुचित लेनदेन)बाट पीडित भएको गुनासो गर्दै १३ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन्।
जेन-जी आन्दोलनमा कार्यालयका कागजपत्र नष्ट भएपछि पीडितहरुले पुनः न्यायका निम्ति निवेदन दिएका हुन्। पीडितबाट निवेदन परेपछि स्थानीय प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल सुरु गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार परेका उजुरीमध्ये अधिकांश जग्गा कारोबार र ‘चेक बाउन्स’का रहेका छन्।