काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिड स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा डिपोर्टिभो अलाभेजविरुद्ध २–१ ले विजयी भएको छ । मंगलबार रियाललाई घरेलु मैदान स्टाडियो सान्टियागो बर्नबेउमा जित दिलाउन केलिया एम्बापे र भिनिसियस जुनियरले समान एक गोल गरे ।

डिपोर्टिभोका टोनी मार्टिनेजले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । खेलको ३०औँ मिनेटमा एम्बापेले रियाललाई अग्रता दिलाए । ५०औँ मिनेटमा भिनिसियसले अग्रतालाई दोब्बर बनाए । इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै डिपोर्टिभोलाई १–२ को स्थितिमा फर्काए । तर, उनको गोल टोलीको निम्ति खेलमा फर्कन पर्याप्त थिएन ।

जितसँगै रियालले प्रतियोगितामा ७३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको रियालले ३२ खेलमा २३ जित, चार बराबरी र पाँच हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित डिपोर्टिभो भने हारसँगै ३३ अंकका साथ तालिकाको १७औँ स्थानमा सीमित छ ।