विराटनगर। महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरूसँग आग्रह गरेका छन्।
कांग्रेस कोसी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रममा उनले पार्टी बलियो बनाउनकै लागि नेतृत्व बदलेको बताए। “कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो,” उनले भने।

महामन्त्री पौडेलले समाजजस्तै गरी कांग्रेसलाई रूपान्तरण गर्नसमेत आग्रह गरे। “हामीले अबको बाटो तय गरौँ, समाजजस्तै कांग्रेसलाई रूपान्तरण गरौँ,” उनले भने।
महामन्त्री पौडेलले यसका लागि १५औँ महाधिवेशनबाट एकता र सहमति कायम गर्नुपर्ने भन्दै त्यसबाट मात्र संगठन बलियो हुने बताए।