काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
प्रधानमन्त्री बालेन्द्र शाह।
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृहमन्त्रालय तत्कालका लागि आफैँसँग राख्ने भएका छन्।

गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएसँगै तत्काल गृहमन्त्री नियुक्ति नगरिने भएको हो।

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सम्पत्तिमाथि प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार दिउँसो प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएका थिए।