काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। महान्यायाधिवक्ता नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दायर गरिएका छन्।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज (बुधबार) महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा बिहीबार सुनुवाइ हुनेछन्। कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दीपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत २२ चैतमा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए।

सर्वोच्चको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई प्रधानमन्त्रीले महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ। निरन्तर १५ वर्ष कानुन व्यवसायी रहेको व्यक्ति हुनुपर्नेमा महान्यायाधिवक्ता कँडेलको यो अनुभव नभएको रिट निवेदनमा उल्लेख छ।