काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

९ बैशाख २०८३
अ+
अ-

काठमाडौं । इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी केन्द्रीय कमाण्ड CENTCOM ले सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै ‘आफ्ना सेना तयार रहेको’ बताएको छ ।

युद्धविमान, जहाज र अमेरिकी सेनाहरूसहितको भिडिओ क्लिपसहित, CENTCOM कमाण्डर एडमिरल ब्राड कूपर अमेरिकी रक्षा सचिव पिट हेगसेथसँगको पत्रकार सम्मेलनमा प्रस्तुत भएको अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् ।

‘हामी हतियारहरू तयार गर्दैछौँ । हामी पुन: उपकरण बनाउँदैछौँ । र हामी हाम्रा रणनीति, प्रविधि र प्रक्रियाहरू समायोजन गर्दैछौँ,’ कूपरले भने ।

ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप्ने घोषणा गरिसकेका छन् ।