काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० बैशाख २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

सिरहा। सिरहाको चोहर्वा-सिरहा खण्डअन्तर्गत नरहा गाउँपालिका ३‚ खोरिया टोलमा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया खजिजा खातुनको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार मध्याह्न १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र.२-०१-००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए। प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ।