काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका ६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन शाखाले बिहीबार जारी गरेको सूचनामार्फत लामो समयदेखि सम्पर्कविहीन रहेका ती कर्मचारीहरूलाई तत्काल हाजिर हुन भनिएको हो।
सूचनामा गैरहाजिर प्रहरीहरूको दर्नालसहित नाम र ठेगाना सार्वजनिक गरिएको छ। बाटोको म्यादबाहेक सात दिनभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कारबाही अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।