काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको विधान पारित गरिएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको बैठकबाट विधान पारित गरिएको हो।
विधान पारित भएसँगै अनुमोदनका निम्ति पार्टी कार्यालयमा पत्राचार गरिएको छ।
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति भोलि (शुक्रबार) निर्वाचनको मिति तय छ।