काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१० बैशाख २०८३
शीतल निवास। फाइल तस्बिर
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को यही ८ वैशाखको सिफारिसमा यही १७ वैशाखका लागि बैठक आह्वान गरेका थिए।

मन्त्रिपरिषद्को आजको सिफारिसबमोजिम विशेष कारणवशः दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।