काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० बैशाख २०८३
सरकारका प्रवक्ता सस्मित पोखरेल।
अ+
अ-

काठमाडौँ। सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आज (बिहीबार) को बैठकले प्रष्ठिानको सबै जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए।

मन्त्रिपरिषद्को २१ भदौ २०७५ को निर्णयबमोजिम प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई प्रदान गर्ने निर्णय भएको थियो।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री तथा मन्त्रीहरू।

आजको बैठकले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यान्वयन गर्न एसियाली विकास बैंकबाट प्राप्त हुने ११ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्तिसम्बन्धी वार्ता, सम्झौतापत्र एवं दस्ताबेज तयारी तथा त्यसमा हस्ताक्षर गर्ने अख्तियारी अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरेको छ।

साथै बैठकले सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल पनि गठन गरेको छ।

यो पनि…

‘सुकुम्वासी हटाउनबारे कुनै निर्णय भएको छैन’