काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धि योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीनवटा रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार बुधबार महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध तीनवटा रिट निवेदन दर्ता भएका छन् ।
महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरु माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।