काठमाडौं । आज काठमाडाैं विश्वको सबैभन्दा प्रदूषित शहरहरूमध्ये दोस्रो बनेको छ । स्विजरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरका अनुसार विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो नम्बरमा परेको हो ।
काठमाडौंसहित आसपासका क्षेत्रमा पनि प्रदूषण बढेको छ ।
उक्त संस्थाका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक ९एक्यूआई० २१३ अंक पुगेको छ । यो जनस्वास्थ्यको हिसाबले अत्यन्त अस्वस्थकर तह हो ।
प्रदूषित शहरको सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर छ, जहाँ एक्यूआई ३ सय ८२ मापन गरिएको छ ।