काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

१० बैशाख २०८३
अ+
अ-

काठमाडौँ । काठमाडौँ महानगरले नयाँ शैक्षिक सत्रसँगै विद्यालयमा पठनपाठन सुरु गर्ने समय संघीय सरकारले निर्धारण गरेको मितिभन्दा अघि सार्दै वैशाख १५ गतेदेखि नै शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ।

महानगर शिक्षा विभागले जारी गरेको सूचनाअनुसार विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रको पठनपाठन वैशाख १५ बाटै प्रारम्भ गर्न निर्देशन दिइएको छ। संघीय तहबाट तय गरिएको वैशाख २१ देखि मात्र कक्षा सञ्चालन गर्ने व्यवस्थाभन्दा फरक निर्णय महानगरले कार्यान्वयनमा ल्याएको हो।

संघीय सरकारले यसअघि वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गर्ने र वैशाख २१ बाट पठनपाठन सञ्चालन गर्ने गरी तालिका निर्धारण गर्दै स्थानीय तहहरूलाई सोहीअनुसार कार्यान्वयन गर्न पत्राचार गरेको थियो। उक्त संघीय व्यवस्था विपरीत महानगरले आफ्नो क्षेत्राधिकारभित्र पठनपाठन प्रारम्भ गर्ने समय पुन:निर्धारण गरेको हो।