काठमाडौँ। सरकारले सुकुम्बासी हटाउनेबारे कुनै निर्णय नगरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बताएका छन्।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकपछि प्रवक्ता पोखरेलले सरकारका निर्णय सुनाउने क्रममा सुकुम्वासी हटाउने विषयमा कुनै निर्णय नभएको बताएका हुन्।
उनले भने, “मन्त्रिपरिषद्बाट सुकुम्वासी हटाउनबारे त्यस्तो कुनै निर्णय भएको छैन।”